कर्कट राशि हुनेहरुको लागि वि सं २०७८ सालको भाग्य कस्तो छ ? हेर्नुहोस् बार्षिक राशिफल

 (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

२०७८ साल कर्कट राशि भएका व्याक्तिहरूका लागि वर्ष भरिनै आफुले सोचेको जस्तॊ फल नमिल्न सक्छ तर नयाँ काम मिल्न सक्छ मानसम्मान र पद प्रतिष्ठा प्राप्त हुनेछ ।

केहि गर्छु भन्ने हरुलाई २०७८ साल उत्कृष्ट फल मिल्नेछ । जग्गा जमीनमा लगानी नगरेकै राम्रो भने पैसा सापटी पनि नगरेकै राम्रो हुनेछ । सामूहिक व्यवसायमा खासै राम्रो हुनेछैन।

बैदेशिक रोजगारमा लागेकालाई पनि राम्रै हुनेछ। कर्कट राशि भएका व्याक्तिहरूका लागि शुभ रङ्ग सेतो, रातो, हरियो र पहेँलो शुभ रङ्ग हो भने १, २, ४, ५ र ६ शुभ अङ्क हो ।

घर परिवारको स्वाथ्यमा धन खर्च हुनेछ । हड्डीको समस्या पनि बढ्न सक्छ, । ईन्जीनियरिङ्ग विषयका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ भने अरु विद्यार्थीहरूलाई पढाई-लेखाईमा बाधा आउनसक्छ ।

प्रत्येक विहीवार विष्णुभगवानको उपासना गर्नाले ग्रहपीडा कम भई शुभ फल मिल्नेछ । विहीवार कालो पहिरन नगरेकै राम्रो हुन्छ ।

राशिफलले जे जस्तो भनेपनि तपाईंको २०७८ साल शुभ रहोस् ।

बलराम उपाध्याय खकुरेल

ज्योतिष तथा बास्तुविद्

[sidebar name="button post"]