Ad #144479

२३ पुष, काठमाडाैं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले बिहिवार काठमाडाैंमा २०४६ को ऐतिहासिक परिवर्तन पछिको नेपाल विद्यार्थी संघको नेतृत्व सम्हाल्नु भएका अग्रजहरू पूर्व अध्यक्ष एवम् महामन्त्रीज्यूहरू संगको समसामयिक राजनीतिक तथा सांगठनिक बिषयमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मार्फत संघ लाई अत्यन्त समसामयिक, फलदायी र सौहार्दताका साथ गहन र सान्दर्भिक बिचार, मार्ग निर्देशन र सुझाव, सल्लाह प्राप्त भएको नेबिसंघ अध्यक्ष राजिब ढुंगानाले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेबिसंघका पुर्ब अध्यक्ष एन.पि सावद को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी,धनराज गुरुङ,गगन कुमार थापा,बद्री पाण्डे, गोविन्द भटराइ, गुरु घिमिरे , कल्याण गुरुङ सहित संघका पुर्ब अध्यक्ष र महामन्त्री तथा केन्द्रीय समितिका पदाधिकारी बिचको छलफलमा केन्द,समितिको बिस्तार, महाधिवेशन उन्मुख गतिबिधि, सांगठनिक एबम अन्य क्रियाकलाप र समसामयिक राजनीतिक, शैक्षिक र सामाजिक सन्दर्भमा गर्ने आन्दोलन र अन्य अभियानहरूका सम्बन्धमा गम्भीर छलफल भएको अग्रज नेतृत्व पङ्क्तिबाट सदैव साथ, सहयोग र शुभेच्छा रहने बचनबध्दता प्राप्त हुँदा थप उत्साह र हौसला प्राप्त भएको नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाले बताउनुभयाे ।

कार्यक्रममा सरकारको असम्बैधानिक र अलोकतान्त्रिक कदमकाविरुद्ध सशक्त प्रतिरोध गर्न र पार्टीले घोषणा गरेको आन्दोलनलाई प्रभावकारि बनाउन आफ्नो थप कार्यक्रम सहित नेबिसंघ पुर्ण रुपले परिचालन हुनुपर्ने भन्दै अब केन्द्रीय समितिको पूर्णताका निम्ति पार्टी नेतृत्वसँग समन्वय र दबाब सृजना गरि तत्काल बिस्तार गराउन आबश्यक पहलको नेतृत्व लिने बताउनुभएको संघका महामन्त्री युबराज पाण्डेले बताउनुभयाे ।

कार्यक्रममा संघका पुर्ब महामन्त्री तथा कांग्रेस नेता गगन थापाले प्रतिगामी कदमका विरुद्ध आन्दोलन मार्फत शसक्त प्रतिबाद गर्दै संसद पुनर्स्थापना गराउन लाग्नुपर्ने र त्यसैले मात्र सम्बिधान लाई सहि बाटोमा ल्याउने भन्दै नेबिसंघ लगाएत भातृसंस्थाको तत्काल पुर्णता दिइनुपर्नेमा जोड दिनुभयो ।

बिहीवार नै बसेको नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको बैठकले सरकारको प्रतिगामी कदमका बिरुद्ध छुट्टै आन्दोलनका कार्यक्रम घोषणा गर्नुका साथै पार्टीले घोषणा गरेको आन्दोलनका कार्यक्रम लाई सफल बनाउन र सक्रिय सहभागिताका निम्ति परिचालन हुन परिपत्र गरेको संघका महामन्त्री बलदेब तिमल्सिनाले बताउनुभयाे।

नेबिसंघले केन्द्रीय समितिको आयोजनमा भोलि पौष २४ गते दिउँसो १:०० बजे माइतीघर मण्डलाबाट सरकारको प्रतिगामी कदमका बिरुद्ध उल्टो हिडेर बिरोध प्रदर्शन ‘उल्टो जुलुस’ गर्दैछ भने थप चरणबद्ध आन्दोलनका कार्यक्रम, कार्य समितिको पुर्णताका निम्ति आबश्यक दबाब, सांगठनिक गतिविधि लगाएतका निर्णयहरु आज सार्बजनिक गरिने महामन्त्री तिमल्सिनाले बताउनुभयाे ।