काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत ‘एउटा कुरा छ’ मह संचारको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गीतमा एकजना गाडा चलाउने व्यक्ति छन् । जो आफ्नो साथीलाई ज्योतिषले आफूलाई नेता बन्ने भविष्यवाणी गरेको सुनाउँछन् । चुवान लड्यो भने धनी हुन्छ भन्ने सपना ज्योतिषले उक्त व्यक्तिलाई सुनाएको हुन्छ । उनले गाडा चलाउँदै धनी हुने कल्पना गरे दृश्य भिडियोमा समेटिएको छ । भिडियोमा गाडा चलाउने व्यक्तिको भुमिकामा हरिवंश स्वंय देखिएका छन् ।
गीतले राजनीति र कर्मचारीतन्त्रमा रहेको भ्रष्टाचारी प्रवृत्तिलाई व्यङ्ग्य गरेको गीतमा शब्द, संगीत र स्वर स्वयं हरिवंश कै रहेको छ । सत्यदीप केसीद्वारा छायांकन भएको भिडियोलाई रामकाजी कँडेलले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई सागरराज शर्माले निर्देशन गरेका छन् ।












