Ad #144479

१७ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । काठमाडौंको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले प्रदर्शन गरेको हो ।

सरकारले संसद विघटनदेखि भ्रष्टाचार गरेको भन्दै राप्रपाले प्रदर्शन गरेको जनाएको छ । प्रदर्शनमा राप्रपाको झण्डा, राष्ट्रिय झण्डा र हिन्दु धर्मसँग आस्था राख्ने विभिन्न समूहको झण्डा लिएर प्रदर्शनकारी सहभागी छन् ।

प्रदर्शनपछि शान्तिबाटिकामा आयोजना गरिएको कोणसभामा राप्रपाका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले सम्बोधन गर्नेछन् ।