चुम्बन प्रेम प्रस्तुत गर्ने एक माध्यम हो। चुम्बनबारे मानिसका विभिन्न धारणा हुन्छन् । जसको जे धारण भए पनि यसले माया, स्नेह र सद्भावलाई नै झल्काउँछ ।
प्रेमी–प्रेमिका होस् या आफन्त नै किन नहुन् चुम्बनले मानिसको सम्बन्धलाई जोड्ने काम गरिरहेको हुन्छ । चुम्बनका बारेमा केही रोचक १० तथ्यहरु यस प्रकार छन् :
१. चुम्बन गर्दा हार्मोन रिलिज हुन्छ जसले मुटुको धड्कन बढाउँछ र शरीरमा जम्मा भएर बसेको सुगर टुक्रिएर ऊर्जा प्रदान गर्छ ।
२.चुम्बन गर्दा ओठमात्र सक्रिय नभई कम्तिमा पनि १ सय ४६ ओटा मांसपेशीको व्यायाम हुन्छ ।
३. पुरुषहरूमा यसले टेरेस्टेरोन हर्मोनको माध्यमबाट भावना जागृत गराउँछ।
४. चुम्बन गर्नाले मानिसको प्रतिरोधात्मक क्षमता सबल हुन्छ, पीडाबाट छुटकारा मिल्छ र प्रतिमिनेट ३÷४ क्यालोरी बर्न हुन्छ ।
५. चुम्बनले तपाईंलाई प्रेम दिलाउँछ। उही व्यक्तिबीच हुने चुम्बन क्रमशः पुरानो लाग्दै जाने अध्ययनले बताएका छन्।
६. सुरक्षित रूपमा गरिने चुम्बनले स्वास्थ्यलाई फाइदा गर्छ। यसले प्रतिरक्षा प्रणाली बढाउँछ, तनाव मुक्त गर्छ र उच्च रक्तचाप घटाउन सहयोग गर्छ।
७. चुम्बनपछि आपसमा महसुस र प्रतिक्रिया भएन भने त्यो उपयुक्त साथी होइन।
८. मनोवैज्ञानिकहरू भावुक चुम्बनलाई सम्बन्ध निरन्तरताको सहयोगी मान्छन्।
९. पुरुषको तुलनामा महिलाहरू चुम्बनलाई महत्व दिन्छन्।











