Ad #144479

१४ पुष, काठमाडौं । सत्तारुढ नेकपाको बहुमत पक्ष प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था विग्रिएपछि बैठक स्थगित भएको हो।

प्रचण्ड पत्नी सीतालाई आकस्मिक रुपमा मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। पत्नीलाई अस्पताल भर्ना गरिएपछि प्रचण्ड पनि अस्पताल पुगेका छन्।

अध्यक्ष उपस्थित नहुने भएपछि स्थायी कमिटीको बैठक स्थगित गरिएको हो । आजको स्थायी कमिटी बैठकले दोस्रो चरणको संघर्षको कार्यक्रम तय गर्ने बताइएको थियो । कार्यक्रम शुरु अगावै पेरिसडाँडाबाट प्रचण्ड तनावमा देखिएका थिए।

उनी केही बेरमा पेरिसडाँडाबाट बाहिरिएका थिए। प्रचण्डपत्नी अस्पताल भर्ना भएसँगै आन्दोलनका थप कार्यक्रम घोषणा पनि स्थगित भएको छ।