Ad #144479

प्राय हामी  नेपालीहरुको सस्तोमा पाए धेरै सामान एकै पटक किन्ने बानि हुन्छ । यो बानी प्राय तरकारी, फलफूलहरुमा लागु हुन्छ । धेरै सामान एकै चोटी किन्नाले चाँडै कुहिएर जाने गर्दछन् । यस्तो हुनबाट कसरी जोगाउने त ?

फलफूल वा तरकारी जतिसक्दो ताजा नै खानु राम्रो मानिन्छ । तर किनेर ल्याइसकेका तरकारी फलफूल बिग्रन लागे के गर्ने त ?

गोलभेडा बिग्रिन नदिन के गर्ने ?

भान्सामा दिनहुँ प्रयोग हुने गोलभेडा भण्डारणमा नै कुहिन नदिन फ्याक्नु भन्दा गोलभेडाको सुप बनाएर पिउन उपयोग हुन्छ । अथवा यसलाई अचाँर पकाएर केहि दिन खानयोग्य बनाउन सकिन्छ ।

दुध के गर्ने ?

दुध वासी भयो वा खेर जाने अबस्थामा पुग्यो भने त्यसलाई दहि जमाउने वा खिर बनाएर खान सकिन्छ । साथै कागतीको रस राखेर दूध फटाएर पनिर बनाउन सकिन्छ ।

सागलाई कसरी बचाउने ?

भण्डारण गरेको सगसब्जी विग्रने अवस्था आयो भने विभिन्न तरिकाले यसलाई जोगाउन सकिन्छ । जस्तो साग बासी भयो भने त्यसलाई घाममा ओइलाएर बोतलमा खदिलो बनाउने । पछि त्यसको अमिलो गन्ध आउन थालेपछि पुन घाममा सुकाएर गुन्द्रक बनाउन सकिन्छ । जस्तै मुला, गाँजरलाई अचार बनाउन सकिन्छ ।

तरकारी तथा फलफूल के गर्ने ?

चाहिने भन्दा बढी खरिद गरीएको तरकारी/फलफूल कुहिने अवस्थामा पुग्यो भने फ्रिजको सबैभन्दा मुनिको भागमा बन्द गरेर राखे थप केहि दिन भण्डार हुन सक्छ । तर सकिन्छ भने तरकारी/फलफूललाई ताजा नै सेवन गर्नु राम्रो हुन्छ ।