बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ टोलीबीच गम्भीर वार्ता

१३ पुष, काठमाडौं । नेकपा विभाजनपछि छापामार शैलीमा काठमाडौं आईपुगेको चिनियाँ टोलीले अहिले नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालसँग भेटेको छ । नयाँ बानेश्वरको एभरेष्ट होटलमा दुई पक्षबीच नेकपा विभाजनका बारे गम्भीर वार्ता भईरहेको छ ।

नेकपा विवाद बढ्दै गई प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली ४ दिने भ्रमणका क्रममा आइतबार नेपाल आएको हो ।

सो टोलीले बिहान ९ बजेदेखि साढे १० बजेसम्म अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको थियो । प्रचण्डसँगको भेटपछि चिनियाँ टोलीले नेपाललाई भेटेको हो । यसअघि सो टोलीले आइतबार दिउँसो शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी, बालुवाटार पुगेर साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो ।

आइतबार काठमाडौं उत्रिएलगत्तै उक्त टोलीले आफ्नो दूतावासमा ब्रिफिङ लिएपछि नेपाली नेताहरुलाई भेटने क्रममा तीव्रता दिएको हो । पर्सी स्वदेश फर्कने उनीहरुले अन्य दलका नेताहरुलाई पनि भेटने कार्यक्रम रहेको बताइएको छ ।

[sidebar name="button post"]