१३ पुष, काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । संसद विघटनको विरोधमा केन्द्रीय राजधानी काठमाडौंको हकमा दिउँसो एक बजे प्रदर्शन हुने छ ।
काठमाडौंका १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने छ र त्यसलाई सम्बन्धित निर्वाचन क्षेत्रका नेता, केन्द्रीय सदस्य र अगुवा नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काठमाडौंका हुने विरोध प्रदर्शन
निर्वाचन क्षेत्र नम्बर १: नयाँबानेश्वर, होटल एभरेस्ट अगाडि
निर्वाचन क्षेत्र नम्बर २:कोटेश्वर चोक
निर्वाचन क्षेत्र नम्बर : जोरपाटी चोक
निर्वाचन क्षेत्र नम्बर ४: नारायणचौर नक्साल
निर्वाचन क्षेत्र नम्बर ५: महाराजगन्ज, नारायणगोपाल चोक
निर्वाचन क्षेत्र नम्बर ६: मनमैजु, लोकतान्त्रिक चोक
निर्वाचन क्षेत्र नम्बर ७: बालाजु चोक
निर्वाचन क्षेत्र नम्बर ८: बसन्तपुर डबली
निर्वाचन क्षेत्र नम्बर ९: कलंकी चोक
निर्वाचन क्षेत्र नम्बर १०: कीर्तिपुर बजार ।
कांग्रेसले काठमाडौंमा रहने सबैलाई आफूलाई पायक पर्ने ठाउँमा उपस्थित भएर सरकारको विरोध प्रदर्शनमा सहभागी भइदिन अपिलसमेत गरेको छ ।












