काठमाडौं आईपुग्याे चिनियाँ टोली

१२ पुष, काठमाडौं । सत्तारुढ नेकपाभित्रको आन्तरिक झगडा मिलाउन चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचैको टोली काठमाडौं आईपुगेको छ । चार सदस्यीय चिनियाँ टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग सोमबार भेटघाट गर्दैछ ।

चिनियाँ दुतावास स्रोतका अनुसार आज दिउँसो तीन बजे चिनियाँ दूतावास बालुवाटारमा दुबै पक्षका विदेश मामिला प्रतिनिधिहरूसँगलाई संयुक्त भेटघाट गरी ब्रिफिङ लिने तयारी छ ।

सो ब्रिफिङ कार्यक्रममा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई पनि सहभागि हुने चर्चा छ । माधव नेपाल र प्रचण्डलाई भेटेपछि चिनियाँ टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटघाट गर्नेछ ।

[sidebar name="button post"]