१२ पुष, काठमाडाैं । नेपाल महिला चेम्बरकी अध्यक्ष एवंम् साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले महिला उद्यमीका समस्यालाई सरकारले यथासिघ्र समाधान गर्नुपर्नेमा जोड दिएकी छिन् । गत शुक्रबार फेसियल हाउसको १३ औ वार्षिकोत्सव समारोह माझ उनले सो धारणा राखेकी हुन ।
कोरोना भाइरसका कारण अझैसम्म पनि व्यवसाय मैत्री वातावरण बन्न नसकिरहेको उल्लेख गर्दै उनले ठुलो संख्यामा महिला उद्यमीहरु समस्याग्रस्त बनेको पनि जनाइन् । महिला उद्यमीका तमाम समस्यालाई हल गर्न पटक पटक सरकारलाई आग्रह गरेता पनि अझैसम्म महिला उद्यमीका समस्या समाधान हुन नसकेको अध्यक्ष श्रेष्ठले बताईन ।
श्रेष्ठले कोरोना भाइरसले खाद्यान्नको क्षेत्रमा समेत असर पारेको उल्लेख गर्दै महिला उद्यमीबाट संचालित व्युटी पार्लर, बुटिक, स्पा, फेन्सी, हस्तकलाजन्य उद्योग, रेस्टुरेंन्ट आदी व्यवसाय संचालन गर्न कठिन भैरहेको जनाइन् ।
कोरोना भाइरस अवधीभर साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाद्य सामाग्रीको अभाव हुन नदिन घरघर पुगेर सुलभ मुल्यमा सामाग्री उपलब्ध गराउदै आएको पनि श्रेष्ठले जानकारी गराईन् । त्यसो त बजारमा महंगी बढन नदिन र अखाद्य एवम् गुणस्तरहिन वस्तुको कारोबारलाई निरुत्साहित गर्ने कर्पोरेशनले सुपथ मुल्यमा गुणस्तरिय वस्तु बिक्री वितरण गर्दै आएको पनि उनले जनाईन । सोही अवसर माझ वरिष्ठ सौन्दर्यविदद्व्य प्रा. डा. राजश्री श्रेष्ठ र कमला श्रेष्ठलाई फेसियल हाउस सम्मान २०२० बाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा नेकपाकी सचेतक शान्ता चौधरी, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम् रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खडका, साल्ट ट्रेडिङका विभगिय प्रबन्धक ब्रजेश कुमार झा, इभेण्ट मेनेजमेण्ट एशोसियसनका प्रवक्ता एवम् कर्पोरेट म्यागाजिन एवम् कर्पोरेट खबर डट कमका सरोज ओझा, न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, इभेण्ट मेनेजमेण्ट एशोसियसनका सहसचिव एवम् मोडल संङ्स नेपालका सिईओ डेभिल सिंह राजपुत लगायतको उपस्थिती रहेको थियो । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराको सभापतित्व माझ आयोजित सो कार्यक्रम संस्थाका संरक्षक उज्जवल जंग शाहको संयोजकत्व भएको थियो ।









