९ पुष, काठमाडौं । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले नेकपाभन्दा एक कदम अगाडी बढेर प्रदर्शन गर्ने भएको छ । केन्द्रिय समिति बैठकमा लगातार छलफल भइरहेपनि बिहीबार मात्रै नेपाली कांग्रेसले मंसिर १३ गते संसद विघटनविरुद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको हो ।
बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलन गर्ने निर्णय गरेको कांग्रेस नेताहरुले बताएका छन् ।
प्रधानमन्त्रीको संसद विघटन गर्ने कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
[sidebar name="button post"]









