९ पुष, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली गुटमै लागेका छन् । संसद विघटन गर्ने ओलीको घातक निर्णय भएपनि बादलले भने उनैलाई साथ दिने निर्णय गरेका हुन् ।
प्रचण्डले पटक पटक आग्रह गरेपनि बादलले भने ओलीतिरै लाग्ने घोषणा गरेका हुन् । तर बादलको गुटमा रहेका नेता कार्यकर्ता भने प्रचण्ड र माधव नेपालकै साथमा रहेका छन् । बादलले धोका दिएपनि आफूहरु प्रचण्डकै साथमा रहने कार्यकर्ताहरुको भनाई छ ।
ओलीपट्टि लागेका बादल सत्ताको मायाले उत्तै रहेको आरोप प्रचण्ड पक्षको छ । बादलको साथै देव गुरुङ, पम्फा भुषाल लगायतका कार्यकर्ता छन् । यस्तै प्रदेश र स्थानीय तहमा पनि बादल निकट केही नेता कार्यकर्ता छन् । तर उनीहरु ओलीसँग नभई प्रचण्ड माधव नेपालकै पक्षमा उभिएका छन् ।
उता, वामदेव गौतम भने अब ओलीसँग लाग्दा प्राप्ती भन्दा गुमाउने धेरै भएको ठम्याईमा पुगेका छन् । बादललाई दोस्रो बरियता दिन ओली सहमत भएकाले गौतम तेस्रो नेताका रुपमा बस्न नमानेको स्रोतले बतायो । त्यसैले संभवतः आजैको केन्द्रीय कमिटी बैठकमा गौतम बबरमहल पुग्ने सम्भावना रहेको स्रोतले बतायो ।









