९ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको महासचिवमा सुरेन्द्र पाण्डे चयन भएका छन् । दाहाल र नेपालसहितका वरिष्ठ नेताको आज बिहान बसेको बैठकले महासचिवमा पाण्डेलाई चयन गर्ने निर्णय गरेको हो ।
पाण्डेको चयनलाई केहीबेरमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ। महासचिवका लागि पाण्डेसहित भीम रावल र जनार्दन शर्मा पनि आकांक्षी देखिएका थिए। तीमध्ये पाण्डेमा सहमति जुटेको हो। उनी तत्कालीन एमालेको महाधिवेशनमा महासचिवमा पराजित भएका थिए।
प्रधानमन्त्री केपी ओली पक्षका महासचिव भने विष्णु पौडल छन्। प्रचण्ड–नेपाल पक्षको आज बस्ने केन्द्रीय कमिटी बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने जनाइएको छ। उता ओली समूहको पनि आजै केन्द्रीय कमिटी बैठक बस्दैछ ।












