माइण्ड डिजाइनले २०७७ पौष ५ गते राष्ट्रियस्थरमा खुला निबन्ध प्रतियोगिता समबन्धि सूचना प्रकाशन गरको छ।
२५६४ औँ बुद्ध जयन्ती बुद्ध पुर्णिमा २०७८ को उपलक्षमा भगवान बुद्ध प्रति भाबपुर्ण श्रद्धासहित सुखमय समाजको कामना गर्दै सो प्रतियोगिता आयोजन गरेको हो। माइण्ड डिजाइनले आकर्षक पुरस्कार सहित सम्मान गर्ने जानकारी गरेको छ ।
राष्ट्रियस्थरमा हुन लागेको निबन्ध प्रतियोगितामा इच्छुक महानुभाबहरुले देहायेको आधारमा सहभागिता हुनेगरी निबन्ध पठाउनुहुन माइण्ड डिजाईनले अनुरोध गरेको छ।
”बुद्ध शिक्षाको चाहना:सुखमय समाजको अवधारणा” निबन्धको शिर्षक रहेको छ। निबन्ध नेपाली भाषामा हुनु पर्ने छ। निबन्धमा १५०० शब्द नबढाई लेख्नु पर्ने छ र पिडिएफ फाइल माइण्ड डिजाइन कम्युनिटिको मेसेन्जरमा पठाउनु पर्ने छ।
२०७७ साल चैत्र १५ गते भित्र नै निबन्ध माइण्ड डिजाइनको मेसेन्जरमा पठाईसक्नु पर्ने छ । निबन्धमा बौद्धिक स्रोतलाई सम्मान गरिएकाले निबन्धमा उल्लेख भएका घटना,प्रमाण ,तथ्यांकको स्रोत खुलाउनु पर्ने आयोजकले बताएको छ।
निबन्ध प्रतियोगिता सम्बन्धि नियम २०७७ पौष महिना भित्र प्रकासित गरिने आयोजक माइण्ड डिजाइनले जानकारी दिएको छ ।









