७ पुष, काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली समुहको आज बिहान बसेको बैठक नौटंकी भएको बताएका छन् । बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीका सदस्यलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अपदस्थ अध्यक्ष ओलीका कारण सरकार विघटन भएको दाबी गरेका छन् ।
सम्बोधनकै क्रममा आफूकहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य रहेको दाबी गर्दै संविधान, नियम कानुन अनुसार यो नै वैधानिक नेकपा भएको प्रचण्डले बताएका छन् ।

संवैधानिक अंगहरु नेपालको ऐन कानुन अनुसार चल्छन् भन्ने विश्वासमा आफू अझै पनि रहेको भन्दै प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल आफूहरुको समूहमा आउने जिकिर गरेका छन्।
यहाँ तत्कालीन एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका नेताहरुको ठूलो उपस्थिति रहेको भन्दै उनले यो ती दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ भएका कसैंलाई भ्रममा नपर्न आग्रह गरेका छन्।












