Ad #144479

७ पुष, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । मंगलबार दिउँसो २ बजेबाट पार्टी कार्यालय सानेपामा बैठक जारी छ । बैठकमा पछिल्लो राजनीति घटनाक्रममाथि संस्थागत धारणा बनाउन छलफल भैइरहेकाे छ ।

बैठकमा प्रधानमन्त्री केपी ओलीद्वारा चालिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध रणनीतिक दृष्टिकोण तय गर्ने मुख्य एजेन्डा रहेको छ । आइतबार मन्त्रिपरिषदले गरेको संसद विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि उत्पन्न संवैधानिक संकटमाथि बैठक केन्द्रत हुने छ ।

यस्तै सोमबार साँझ काँग्रेसको अग्रसरतामा सानेपामा बसेको तीन दलको बैठकले ओलीका कदमविरुद्ध आ-आफ्नो केन्द्रीय समिति बैठकबाट पार्टीगत दृष्टिकोण बनाउने निर्णय गरेका थिए । त्यसपछि फेरि तीन दलको बैठक बसेर प्रतिनिधिसभा विघटनविरुद्ध तत्काल सर्वोच्च अदालतमा सामूहिक रिट दिने र साझा कार्यक्रमका साथ सडक संघर्षमा जाने विषयमा छलफल भएको थियो ।

बैठककाट काँग्रेस, नेकपा र जनता समाजवादी पार्टी नेताहरूले मंगलबार बस्ने केन्द्रीय समिति बैठकबाट थप संघर्षका कार्यक्रम ल्याउने सहमति गरेका थिए ।