७ पुष, काठमाडौं।नेकपाको विवादमा कतै नखुलेका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा बादल अब निरपेक्ष भएर बस्ने अवस्थामा छैनन् । नेकपाका दुई अध्यक्षले अलग अलग केन्द्रीय कमिटी बैठक गरिसकेकापछि पार्टी औपचारिक रुपमै विभाजित भइसकेको छ ।
साथै, गौतम र बादलमाथि अब खुलेर आउन चर्काे दबाब परेको छ । त्यसैले अब कतै न कतै त खुल्नैपर्छ भन्दै बादल सकृय भएका छन् । यसबारे छलफल गर्न बादल अहिले भैंसेपाटीस्थित गौतम निवास पुगेका छन् ।
दुबै नेताबीच एकैखाले सहमति गर्ने उद्येश्यले बादल गौतमलाई भेट्न गएको निकट स्रोतको दाबी छ । सम्भवतः गौतम र बादल एकैथलोमा रहनेछन् । दुबैको रुचि ओली भएपनि निकटवर्तीहरुको चर्काे दबाबका कारण प्रचण्ड– नेपाल पक्षमा खुल्ने सम्भावना रहेको दाबी गरिएको छ ।












