Ad #144479

७ पुष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा केही बेरअघि स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो ।स्थायी कमिटीको बैठकले माधवकुमार नेपाललाई पनि पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।

औपचारिक फुटको संघारमा पुगेका नेकपामा दुबै अध्यक्षहरुले अलग अलग स्थानमा केन्द्रीय कमिटी बैठक डाकेका हुन् ।