६ पुस, काठमाडौं । नेकपाका नेता तथा सांसदले संसद विघटन गर्ने सरकारको निर्णय विरुद्ध प्रतिनिधिसभामा बहुमत जुटाउने प्रयास थालेका छन् । प्रतिनिधिसभा ब्युताउनका लागि १३८ जना सांसद चाहिन्छ ।
सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ९० सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् । यसमध्ये ८७ सांसदले सर्वोच्चमा रीट दायर गर्ने तयारी भएको थियो । तर, प्रतिनिधिसभाकै बहुमत सांसद पुर्याउन गृहकार्य भएपछि नेकपा सांसदहरुको मात्रै रिट बुझाउने कार्य रोकिएको छ ।
त्यसका लागि प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग नेकपाले परामर्श गर्दैछ । हिजै काँग्रेस र जसपाका नेताहरुसँग नेकपाका नेताहरुले छलफल गरेका थिए । आज पनि यो तीन पार्टीको बैठक बस्दैछ ।
‘संसदकै बहुमत पुर्याएर रीट दर्ता गर्ने तयारी भएपछि आज सर्वोच्च जाने सम्भावना कम छ । ओलीले संसद विघटन गरेपछि सत्तारुढसँगै प्रतिपक्षी दलका सांसद पनि आक्रोशित बनेका छन् ।












