Ad #144479

६ पुष, काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध १० वटा रिट परेका छन् । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार अहिले सम्म १० वटा रिट परेको र सबै रिट दर्ता प्रक्रियामा रहेका हुन् ।

रिट आएपनि दर्ता प्रक्रियामै रहेकाले एकिन संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटन गरेर सरकारले वैशाख १७ र २७ गते आम चुनाव घोषणा गरेको छ । तर ओलीको यो कदमविरुद्ध चौतर्फी आलोचना भइरहेको छ ।