Ad #144479

६ पुष, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड–समूहका निवर्तमान सांसदहरुको भेला सुरू भएको छ । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरिएपछि आफ्ना पक्षका विघटित संसद्का सांसदहरूसँग छलफल गर्न नेकपा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समूहको भेला बानेश्वरमा भएको हो ।

संसद् भवनको एक हलमा भेला भएको हो । भेलामा सहभागी हुन अध्यक्ष दाहाल र नेपाल आइपुगेका छन् । अहिले धमाधम हस्ताक्षर गरिरहेका छन् ।

सरकारले संसद विघटन गरेको भोलिपल्ट संसद बैठकस्थलमा भेला भएका उनीहरुले संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेका हुन् ।