Ad #144479

४ पुष, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली  शितल निवास पुग्नु भएकाे  छ । शनिबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न उहाँ शितल निवास पुग्नु भएकाे हाे ।

पार्टीको विवाद चरमउत्कर्षमा पुगेका बेला दिनभर पार्टीका नेताहरुलाई भेटेका ओली साँझ राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेको स्रोतले जानकारी दिएको हो । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रम, अध्यादेश विवादलगायत विषय छलफल भइरहेको जनाइएको छ ।

यसअघि शनिबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनी खुमलटार पुगेका थिए। त्यहाँ उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित थिए। प्रचण्डलाई भेटेर बाहिरिएलगत्तै उनी मन्त्रीहरूलाई भेट्न मन्त्री निवास पुल्चोक पुगेका थिए।