१ पुष, काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक पुस ५ गतेसम्म स्थगित भएको छ । पुस ५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक पुस १० गते बस्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपाले सरकारले जारी गरेको अध्ययादेश र सांसदहरूले विशेष अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा दर्ता गर्न लागेको निवेदन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको छ । स्थायी कमिटीको अर्को बैठक ५ पुसमा बस्ने र १० पुसमा केन्द्रीय कमिटी बैठक बस्ने सहमति पनि भएको छ ।
[sidebar name="button post"]











