आज मुख्य समाचारमा
आज कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै
आज थप ७३६ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना पुष्टि भएको हो।
काठमाडौंसहित देशभर जाडाे बढ्याे : यो वर्ष अझै चिसो हुन सक्ने
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जनाएको छ । । चिसो अझै बढ्न सक्ने महाशाखाका बुधबार मौसमी बुलेटिन मर्फत जानकारी दिएको छ ।
दुई महिना भित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन पर्यटनमन्त्रीको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकृुमार भट्टराईले मन्त्रालय मातहतका विकास समितिलाई दुई महिना भित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिनुभएको छ । पर्यटन मन्त्रालय अन्र्तगतका संस्कृत सम्बद्ध निकाय ‘विकास समिति’सँग आज भएको अन्र्तक्रियामा मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिनुभयो । उहाँले गुरु योजनानिर्माण भए मन्त्रालयमा पेश गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रहसमेत गर्नुभएको छ ।
धरहरा चढेर काठमाडौं शहर नियाल्ने रहर कहिले पूरा हुन्छ ?
धरहरा चढेर काठमाडौं शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै धेरै समय कुर्नुपर्ने भएको छ । बीसौँ तलाको धरहराको शिरानी तलाको अहिले ढलान गर्ने तयारी भइरहेको छ । अहिलेसम्म पुनःनिर्माणको ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
नौ महिनापछि भक्तजन प्रवेश गरे पशुपतिमा, घाम लागेसँगै चाप बढ्याे
गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ ।
लागुऔषध अफिमसहित एक जना पक्राउ
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी रहेका छन् ।
२२ मासु पसलको अनुगमन, बिग्रिएको मासु बरामद
सिमकोट गाउँपालिका पशु सेवा शाखाद्वारा हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित २२ मासु पसल र एक एग्रोभेटको अनुगमन गरिएको छ ।
पीसीआर परीक्षणमा बढी शुल्क असुल्ने सरकारीसहित दुई अस्पताल कारवाहीमा
नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पीसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल सरकारले पिसीआर गरेको रु दुई हजार शुल्क तोके पनि त्यसलाई अटेरी गर्दै बढी शुल्क लिएको भन्दै प्रशासनमा यी दुई अस्पताल विरुद्ध गुनासो दर्ता भएको थियो ।
चित्तल मारेर खाँदै गरेका सात पक्राउ
चितवन राष्ट्रिय निकुञ्जले चित्तल मारेर खाँदै गरेका सात जनालाई पक्राउ गरेको छ । निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो ।
भक्तपुरमा कुखुरा फर्ममा आगलागी
भक्तपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । चाँगुनारायण नगरपालिका–८ जितपुरमा दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो ।
३१ लाखको अवैधऔषधिसहित ८ जना पक्राउ
चितवन प्रहरीले ३१ लाख मूल्य बराबरको अवैधऔषधिसहित ८ जना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाकाे माडी नगरपालिका-९ स्थित सोमेश्वरबाट बिना इजाजत करिब २१ लाख १० हजार ५ सय ३२ रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका औषधि ओसारपसारमा संलग्न रहेको अभियोगमा ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।











