१ पुष, काठमाडौं । नेकपा स्थायी कमिटी बैठकको तीन घन्टा ढिला गरी बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसमेत उपस्थित भएका छन् ।
बैठक अघि दुवै अध्यक्ष ओली र कार्यकारी पुष्पकमल दाहाल प्रचण्डबीच दुई चरणमा छलफल भएको थियो । छलफलमा प्रचण्डले सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अध्यादेश फिर्ताको माग गरेका छन् ।
ओलीले विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कहाँ बुझाइएको निवेदन फिर्ता लिनुपर्ने अडान राखेका छन् । यही तनावकाबीच तीन घण्टा ढिला गरी स्थायी कमिटी बैठक सुरु भएको हो ।
पार्टीको बैठक चलिरहेका बेला मंगलबार सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ । आजको बैठकमा अध्यादेशकै विषयमा केन्द्रित हुने देखिन्छ ।
[sidebar name="button post"]











