१ पुष, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ। पछिल्लो २४ घण्टामा ८ सय ४७ जना निको भएर फर्किएका छन्।
योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
[sidebar name="button post"]











