बूढानीलकण्ठमा नेपाली कांग्रेसको बैठक सुरु

१ पुष, काठमाडौं । सरकारले ल्याएको अध्यादेशबारे छलफल गर्न बूढानीलकण्ठमा नेपाली कांग्रेसको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो दुई बजेबाट कांग्रेसका शीर्ष नेताको बैठक सुरु भएको हो ।

बैठकमा मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धि अध्यादेशका सम्बन्ध छलफल भइरहेको छ। अध्यादेशको विरोध जनाएको कांग्रेसले आजको बैठकमा फिर्ताका लागि थप रणनीति बनाउन शीर्ष नेताको बैठक बोलाएको हो ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला, पुर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पूर्व सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुसाल, राष्ट्रियसभाका नेता राधेश्याम अधिकारी, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, रमेश लेखक, प्रवक्ता विश्वप्रकाश शर्माको सहभागिता रहेको छ ।

[sidebar name="button post"]