२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएको छ । झण्डै ३ घण्टा बसेको बैठकमा कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिलगायतका विषयमा छलफल भएको थियो ।
बैठकमा सहभागी दलका नेताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को नियन्त्रण गर्न, प्राप्त उपलब्धीहरुको रक्षा गर्न, संविधान विरोधी र हिंसात्मक गतिविधिको विरोधमा एकजुट हुन आह्वान गरेका छन् ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी ‘जसपा’, राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी ‘नेमकिपा’ को सहभागिता रहेको थियो ।
[sidebar name="button post"]









