एजेन्सी l बलिउडका चर्चित अभिनेता वरुण धवनसंगै अभिनेत्री नितु सिंहलाई पनि कोरोना संक्रमण भएको बताइएको छ ।
नयाँ चलचित्र ‘जुग जुग जिओ’को शूटिङमा ब्यस्त रहेका बलिउड अभिनेता वरुण धवनलाई कोरोना पोजेटिभ देखिएको हो। आफुहरुलाई कोरोना पोजेटिभ आएको सामाजिक सञ्जालमार्फत उनले जानकारी गराएका छन् l
बलिउड अर्को अभिनेत्री कृति सेननलाई पनि कोरोना संक्रमण देखिएको छ। फिल्म सुटिङको क्रममा चण्डीगढबाट हालै फर्किएकी उनको कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो।
उनले आफ्नो इन्स्टाग्राममा एक फोटो सेयर गर्दै आफू फिल्म सुटिङ सकेर घर फर्किएको जानकारी दिएकी छन्।
कृतिभन्दा अघि अभिनेता वरुण धवन र अभिनेत्री नितु कपूरको पनि कोरोना रिपोर्ट पोजिटिभ देखिएको थियो। दुबै राज मेहताको फिल्म ‘जुग–जुग जियो’को लागि सुटिङमा व्यस्त थिए।
[sidebar name="button post"]









