ओलीले बोलाएको सर्वदलीय बैठकको औचित्य छैन : नेता गुरुङ

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक कांग्रेसको नेतृत्वमा भ्रष्टाचारविरुद्ध मोर्चा कस्नका लागि आवश्यक रहेकाे बताएका छन् ।

नेता गुरुङले ओलीले बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको पनि बताएका छन्। प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेका लागि बोलाएको सर्वदलीय बैठक अहिले बालुवाटारमा जारी छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई मेन्सन गर्दै आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको बताएका हुन् ।

[sidebar name="button post"]