१७ मंसिर, काठमाण्डौ। तनहुँको ब्यास नगरपालिकामा पुल उद्घाटन गर्न पुगेका पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका नेता बाबुराम भट्टराईले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको घटनाको विरोध जनाएका छन्।
घटनाप्रति आपत्ति जनाउँदै भट्टराईले राजावादीलाई देशभर आन्दोलन गर्न दिएर गणतन्त्रवादीलाई पक्राउ गरिएको आरोप लगाएका छन्।‘राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार ?ओली सरकारको के हो चाला? उनकै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक? दालमा कालो देखियो है,’ भट्टराईले भनेका छन्।
नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुनेस्थित देखापरेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको थियो। प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पौडेललाई नियन्त्रणमा लिएको छ। उनलाई अझै प्रहरीले मुक्त गरेको छैन।












