१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस तनहुका कार्यवाहक सभापति जीतप्रकाश आलेलाई प्रहरीले नियन्त्रणमा लिनु निन्दनीय भएको बताएका छन ।
पञ्चायत र राजाको प्रत्यक्ष शासनकाल विर्साउने गरि प्रमुख प्रतिपक्षी दलको वरिष्ठ नेतामाथिनै धरपकड शुरु गरेर सरकारले आफ्नो अन्त्यको दिनको गणना शुरु गरेको बताएका छन् ।
नेपाली कांग्रेस आफ्ना नेताहरुमाथि हुने यसप्रकारको दुर्व्यवहारप्रति गम्भीर आपत्ति व्यक्त गर्दछु । कार्यक्रमलाई प्रभावित गर्न सत्ताको आडमा कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गर्ने कार्य भएको छ ।
नेता सिहल कांग्रेसका नेता कार्यकर्तामाथी धरपकड गर्ने, स्वतन्त्रतापूर्बक हिँडडुल गर्न पाउने,नागरिक हकविरुद्ध बाटो अवरोध गर्नेजस्ता निन्दनीय कार्य भएका छन् । यो सत्ताको चरम दुरुपयोग भएको र यसले नेकपा सरकारको असली चरित्र उदांगिएको बताएका छन ।
सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै नेता सिहले तत्काल सबैलाई ससम्मान रिहाई गर्न माग गर्दै त्यसो नगरिए कांग्रेसले सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।












