Ad #144479

१६ मंसिर, काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यसअघि दुई अध्यक्षले पेश गरको राजनीतिक प्रस्तावमाथि छलफल हुने छ ।

धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने बालुवाटारमा नहुने ? 

आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिएको  सचिवालय बैठक बालुवाटारमै बसेकाे हाे ।  आन्तरिक सुरक्षाको कारण देखाउँदै बैठक बालुवाटार मै बसेको हो । अर्थमन्त्री समेत रहेका पार्टी महासचिव विष्णु पौडेलले सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमै बस्ने जानकारी गराएका थिए ।

यता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पनि बालुवाटारबाट सुरक्षाको कारण देखाइ बालुवाटारमै बैठक बस्न भनेकाे थियाे । शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ पृष्ठको प्रस्ताव पेश गरेका थिए र अर्को बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने भनिएको थियो ।

धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको हो । नेताहरुले भने पार्टी कार्यालय, धुम्बाराहीमा बैठक बस्दा कुनै सुरक्षा थ्रेट नहुने बताएका छन् ।