Ad #144479

१६ मंसिर, काठमाडाैं । अब अभियानको नाममा सभा, जुलुस र प्रदर्शन गर्नेलाई कारबाही गरिने भएकाे छ । जिल्ला प्रशासन कार्यालय ‘जिप्रका’, काठमाडौंले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको हाे ।

कोरोना भाइरस  महामारीका बीच सभा, जुलुस, प्रदर्शन वा अभियानको नाममा भिडभाड गर्नेलाई कानुनी कारबाही गरिने जिप्रकाले जनाएको छ ।

राजनीतिक वा अन्य माग राखेर भिडभाड गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार कारबाही गरिने जिप्रका काठमाडौंले मंगलबार जारी गरेको सूचनामा उल्लेख छ ।

कोभिड–१९ नियन्त्रणमा नआइसकेको र भिडभाड गर्दा महामारीले भयावह रुप लिन सक्ने भन्दै यस्तो आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।