चिनियाँ रक्षामन्त्रीले प्रधानमन्त्रीसँग दिउँसो ३ बजे भेटवार्ता गर्ने

१४ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेइ फेङहेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दिउँसो ३ बजे भेटवार्ता गर्ने भएका छन् । केहीबेरअघि काठमाडौं उत्रिएका रक्षामन्त्री फेङहेले प्रधानमन्त्री ओलीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।

यस्तै चिनियाँ रक्षामन्त्री फेङ्हेले दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेर चिनियाँ राष्ट्रपतिको विशेष सन्देश पुर्याउने अपेच्छा गरिएको छ ।

चार्टर्ड जहाजमा आइतबार बिहान पौने ११ बजेतिर काठमाडौं आएका रक्षा मन्त्री फेङहे विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ राजदूतावास गएका छन्। विमानस्थलमा उनको आगमनको तस्बिर खिच्न सरकारी सञ्चारमाध्यमहरूलाई मात्र अनुमति दिइएको थियो।

दूतावासमा केहीबेर बसेपछि रक्षामन्त्री फेङहे दिउसो नेपाली सेनाको मुख्यालय जंगी अड्डा जाने छन्। त्यहाँको उनले प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने छन्। चिनियाँ रक्षामन्त्री आजै स्वदेश फर्किने कार्यक्रम छ ।

[sidebar name="button post"]