धरानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

१४ मंसिर, काठमाडौं । सुनसरीको धरानमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा महोत्तरीको बर्दिवास नगरपालिका–२ की २२ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनमा मंसिर २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आइतबार विहान २ बजेर ५० मिनेटमा मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।

[sidebar name="button post"]