Ad #144479

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाबीच भेतवार्ता भएको छ । बिहीबार नेपाल आएका श्रृंगलाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

बिहीबार काठमाडौं आएदेखि उनी निरन्तर भेटघाटमा छन् । उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरेका छन् । उनले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

शुक्रबार उनी गोरखा र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र धार्मिक स्थल उद्घाटन गर्न जाने कार्यक्रम तय भएको छ । त्यसपछि उनी भारत फर्किनेछन् । उनको भ्रमणले भारतीय प्रधानमन्त्री मोदीको सन्देश वाहकका रुपमा हेरिएको छ ।