नेकपा सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रिय कमिटी बैठक बोलाउने निर्णय

मंसिर ३, काठमाडौं । नेकपाको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रिय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । बुधबार बसेको सचिवालय बैठकले १८ गते स्थायी कमिटी र २५ गते केन्द्रिय कमिटी बैठक बोलाउने निर्णय गरेको नेकपाका नेता विष्णु रिजालले जानकारी दिए ।

रिजालका अनुसार प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावको जवाफ दिन ओलीले १० समय लाग्ने भनेपछि मंसिर १३ गतेसम्मका लागि बैठक स्थगित भएको हो । नेकपा फूटको नजिक पुगेपछि सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रिय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

‘प्रमले प्रत्युत्तर दस्तावेज लेख्न आफूलाई १० दिन चाहिन्छ भनेपछि नेकपा सचिवालयको आज सम्पन्न बैठकले यही मंसिर १३ गते सचिवालय, १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।’ रिजालले फेसबुकमा लेखेका छन् ।

[sidebar name="button post"]