३ मंसिर, काठमाडौं । नेकपाको सचिवालय बैठक अन्यौलमा परेको छ । बुधबार दिउँसो १ बजेका लागि तय गरिएको सचिवालय बैठक बस्ने वा नबस्ने एकिन छैन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठक सार्न हिजो नै आग्रह गरेका थिए ।
तर नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले बैठक सार्न अस्वीकार गरेका थिए । प्रधानमन्त्री तथा अध्यक्ष ओली बैठकमा नआएपनि सचिवालय बैठक अगाडी बढाउने प्रचण्ड लगायतका नेताहरुको तयारी छ ।
प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपाको आन्तरिक राजनीति तरंगित छ । जसका कारण नेकपा बैठक मात्रै होइन, पार्टी नै फुट्ने जोखिम पनि बढेको छ । बैठक हुने नहुने अन्यौल रहेका बेला प्रधानमन्त्री ओलीले बुधबार दिउँसो १ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएपछि सचिवालय बैठक झन अन्यौलमा परेको हो ।
[sidebar name="button post"]









