३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता डगमगाएका बेला चिनियाँ राजदूत होउ यान्छी फेरि सक्रिय भएकी छिन् । उनले मंगलबार राती नै प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेर सत्ता जोगाउन सहयोग गर्ने आश्वासन समेत दिएको स्रोतले बताएको छ ।
बालुवाटारमा झण्डै डेढ घण्टासम्म चलेको भेटवार्तामा प्रचण्डको फरक राजनीतिक प्रस्ताव, नेकपाभित्रको आन्तरिक किचलो र अबको बाटोका विषयमा छलफल भएको स्रोतले जनाएको छ । ओली सरकारको कुर्सी हल्लिएका बेला चीनले नै जोगाउँदै आएको छ ।
यसपटक पनि नेकपा फुटको संघारमा पुगेका बेला चिनिया राजदूतको सक्रियता बढेपछि नेकपाका नेताहरुमा आन्तरिक सहमति हुने सम्भावना बढेको छ । यद्यपी यसपटक प्रचण्ड धेरै क्रुद्ध भएकाले नेकपामा ठूलो हलचल आउने स्म्भावना छ ।
[sidebar name="button post"]









