विवादबारे छलफल गर्न बालवाटार पुगे प्रचण्ड

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरू भएको छ। भेटमा पार्टीमा देखिएको विवाद र सचिवालय बैठकबारे छलफल भैइरहेकाे छ

पार्टीको सचिवालय बैठक बोलाउनुपर्ने अडान लिएका प्रचण्ड र ओलीबीच विवाद बढिरहेको छ। शनिबार अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यले बैठकको माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र बुझाएका थिए।

पत्र बुझाउने क्रममा दुई अध्यक्षबीच चर्काचर्की परेको थियो। प्रधानमन्त्रीसँग भेटेलगत्तै प्रचण्डसहित ५ सचिवालय सदस्यको बैठक बस्दैछ।

[sidebar name="button post"]