देशभर मंगलबार थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ हजार ७ सय ३६ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० सय पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ ।
त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप ८ सय ५३ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।
[sidebar name="button post"]









