१ असोज, काठमाडौं । रिक्त ४८ संवैधानिक आयोगहरुको पदमा सरकारले अहिले सम्म पदाधिकारी नियुक्त गर्न सकेको छैन् । आधा समय विति रहदा पनि झण्डै दुई तिहाइ बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले संवैधानिक आयोगहरु चलायमान बनाउन सकेको छैन ।
संवैधानिक आयोगहरुमा रिक्त रहेका पदमा सवैभन्दा वढि भाषा आयोगमा ६ पदाधिकारीको पद रिक्त छ भने महिला आयोग, आदिवासी जनजाति आयोग र दलित आयोगमा ५र५ जना पदाधिकारीहरु चयन हुन बाँकी रहेको छ । त्यसैगरी मुस्लिम आयोग, थारु आयोग, मधेसी आयोग, समावेसी आयोग र वित्त आयोगमा ४र४ जना पदाधिकारीहरुको पद रिक्त रहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका साथै अन्य २ पदाधिकारीको पद रिक्त रहेको छ भने निर्वाचन आयोगमा दुईजना पदाधिकारीको पद रिक्त रहेको छ ।
[sidebar name="button post"]









