१ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः चार वर्षे कार्यकालका लागि कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीको सचिवालयले मन्त्रिपरिषद कार्यालयमा प्रस्ताव राखेपनि उक्त प्रस्ताव विचाराधीन रहेको जानकारी दिएको छ ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले माननीय मन्त्री वर्षमान पुनले घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव मन्त्रिपरिषद बैठकमा पेश गर्नुभएको लेख्नुभएको छ । भने प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषदले उक्त प्रस्तावको पक्षमा छिट्टै निर्णय गर्ने आशा व्यक्तगर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग परामर्श गरेरै मन्त्री पुनले घिसिङको मात्र नाम मन्त्रिपरिषदमा प्रस्ताव गरिएको चापागाईंले बताउनु भएको छ ।









