आज पनि ओली र प्रचण्ड बीच भेटवार्ता हुन सकेन

२२ साउन, काठमाण्डौ । आज पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने सम्भावना कम भएको छ ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार हिजो बेलुकी ५ बजे हुने भनिएको भेटवार्ता आजका लागि सारिएको थियो तर आज पनि उहाँहरुबीच भेटवार्ता हुने सम्भावना नरहेको उहाले बताउनुभयो ।

अध्यक्ष प्रचण्डकै आग्रहमा प्रचण्ड निवास खुमलटारमा भेटवार्ता गर्नपुगेका नेता नेम्वाङले दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफल हुन नसकेको परिश्थीतिलाइ मध्यनजर गर्दै भेट भएको जानकारि दिनुभयो ।

आजको भेटमा अध्यक्ष प्रचण्डले नेम्वाङलाई प्रधानमन्त्री ओली लचिलो नहुने हो भने पार्टीको बहुमत पक्षले निर्णय गरेर पार्टि विधानअनुसार अघि बढ्नुपर्ने बताएको स्रोतले जनाएको छ । भने दुई अध्यक्षबीच समझदारी कायम गरेर अघि बढ्नेतर्फ केन्द्रीत हुनुपर्ने नेता नेम्वाङको सुझ्mाप रहेको स्रोतले जनाएको छ ।