पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने सत्ता साझेदार दलको निर्णय

सरकारलाई समर्थन गरेका ७ दलका नेताहरूको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहानैदेखि बसेको बैठक समिएको हो ।

बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ । सत्ता साझेदार दलका १–१ नेता रहने गरी न्यूनतम साझा कार्यक्रम तयारी समिति बन्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । उनकाअनुसार ५ दिनभित्र सरकारले न्यूनतम साझा कार्यक्रम तय गर्नेछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने सहभागी थिए ।

बैठकले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे विषयमा मोडामोटी छलफलसमेत गरेको छ ।

गत पुस १० गते ७ दलको समर्थन जुटाएर प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए । पुस ११ मा प्रधानमन्त्री प्रचण्ड र ८ जना मन्त्रीले शपथ लिएका छन् । तीमध्ये ४ जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारीसमेत दिइसकिएको छैन ।

[sidebar name="button post"]