सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको छ ।
बुधबार प्रतितोला एक लाख एक हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार दुई सय रुपैयाँले घटेर एक लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य एक लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।