‘अब प्रकाश अधिकारी जस्तो स्वतन्त्र युवालाई जिताउनुपर्छ’

(आउँदो मंसिर ४ गतेको चुनावका लागि उम्मेद्वारको प्रचारप्रसार र मतदाताको दृष्टिकोण बाहिर आउन थालेको छ । काठमाडौँ क्षेत्र नं. २ मा पनि चुनावको चहलपहल बढेकै छ । हामी यसपटकको प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वारहरुसँगै मतदाताको चाहना कस्तो छ भनेर उनीहरुका विचार क्रमशः सार्वजनिक गरिरहेका छौँ । यसक्रममा गोठाटार गाविसका पूर्वअध्यक्ष कृष्णमुरारीको विचार राखेका छौँ । कागेश्वरीखबर डटकममा अरु उम्मेद्वार र मतदाताको पनि विचार क्रमशः प्रकाशित हुनेछ – सम्पादक)

प्रकाश अधिकारी एक शिक्षित युवा पीएचडी गरेका अधिवक्तासमेत रहेछन । उहाँ जस्तो कर्मठ युवा । परिवर्तन गर्नुपर्छ भन्ने व्यक्तित्व । बुढा पाका नेताबाट पनि धेरै हेर्यौ । सधै आउने जाने धेरै थरिका झुटो आश्वासन देखाउने ।

तर जनताको जीवनस्तर भने जस्ताको त्यस्तै रहने । राजनीति दलका नेताले जनताको आँखामा झारो हाल्ने मात्र विकास नगर्ने । देश निकै नाजुक अवस्थामा पुगेको छ ।

२०३६ सालको बहुदलीय व्यवस्थामा लागेको साथै २०४६ सालको जनआन्दोलन पुरै दिन सहभागी भएको अनुभव मसँग छ । त्यतिबेला मदन भण्डारी उठ्नु भो । यो क्षेत्रको लागि केहि गर्छु भनेर आउनु भएको थियो । तर पछि उनको षड्यन्त्रपूर्व मृत्यु भयो ।

त्यसपछि मनमोहन अधिकारि आउनु भो । उहाँ पनि सोझै हुनुहुन्थो । उहाँको कुरा कसले सुन्ने ? पार्टीका सबै टाठाबाठा मान्छे लागे । मनमोहनपछि जो जति नेता आए पनि चाहे कम्युनिष्टका हुन् चाहे काँग्रेसका काम गर्छु मात्रै भने । तर केहि नगर्ने आफ्नो कार्यकर्ताबाहेक अरुलाई केहि नगर्ने प्रवृत्तिका परेका छन् । अरु जनता हेरेको हेर्यै भइरहेका छन् ।

जेष्ठ नागरिकलाई स्वास्थ्य र शिक्षा यी सारा मौलिक हक परेका छन् । तर बुढा पाकाले खाने सिटामोल पाउदैन । राज्यबाट पाउने सेवा सुविधा पनि केहि पाउदैन । ठाउँ ठाउँमा राखेको छ भने सुनेको । तर चाहिएको बेला औषधि पाउँदैनन् । म्याद सकिएका । सस्तो औषधि दिने गरेको छ । त्यस कारणले देशको स्थिति कस्तो भएको छ ।

आफ्नो देशमा केहि उत्पादन छैन । सबै विदेशको भरमा । सबै युवा विदेश पलायन भइसकेका छन् । त्यहाँ पसिना बगाएर उधोग धन्दामा काम गर्दा गर्दै कति युवाको मृत्यु भएको छ । त्यहि पसिना बगाएको पैसा नआए यो देश चल्दैन । हाम्रो देश रेमिट्यान्सले चलेको छ । हजारौं युवा विदेश गएको छन् । खाली केहि आफ्ना मान्छे बस्ने । आफ्ना नाता गोतालाई मात्र हेर्ने । जनता गरिबको गरिबै भए ।

२०७९ सालको स्थानीय तहको चुनावबाट स्वतन्त्र र युवाको अनुहार देखिएको छ । अहिले स्थानीय तहमा युवाहरु आएका छन् । उनीहरुले काम गरेर देखाएका छन् । बुढा नेताबाट अब केहि हुन् । युवाबाट पक्कै पनि राम्रो काम हुन्छ । उदाहरणसमेत छन् काठमाडौं र धारणका मेयर भनेर हामीले प्रकाश अधिकारी जस्तो युवा तथा बौद्धिक नेताको आवश्यक रहेको छ ।

म गर्छु भनेर आएको उम्मेदवार भोट नदिएर बुढा नेता र पार्टीका मान्छे भनेर भोट दिएको ३० औं वर्ष भइसकेको छ । म पनि पार्टीमा बसेर काम गरेको छु । ३० बर्ष भइसकेको छ । अब म स्वतन्त्र भइसके पार्टीबाट वाक्कदिक्क भइसके । यो पार्टीको पछि लागेर केहि हुँदैन । प्रत्यक्ष रुपमा केहि काम पनि हुँदैन । जताततै अनियमितता, भ्रष्टाचारले गर्दा देश खोक्रो भइसकेको छ ।

यो चोटी युवालाई नै अवसर दिनु पर्छ । म यस क्षेत्रका जनतालाई के भन्न चाहन्छु भने आफु ३५ वर्ष पार्टीमा लागे । पुस्ता पुस्ता नै राजनीतिक दलको व्यवस्था लागे । केहि परिवर्तन होला । जनताको परिवर्तन होला । देश परिवर्तन होला । समृद्ध होला । पार्टीबाट केहि फाइदा लिएको छैन । निःस्वार्थ रुपले जनता र देशको उन्नति होस् भनेर लागेको आखिर त्यसको उल्टो विपरीत हुनाले आफु अहिले स्वतन्त्र छु ।

प्रकाश अधिकारि जस्तो उम्मेदवारलाई यहाँबाट मात्र नभएर देशभरबाट प्रकाश अधिकारि जस्तो केहि गर्छु भने युवालाई भोट दिनु पर्छ भने मेरो धारणा छ । अब पार्टीलाई होइन स्वतन्त्र र युवालाई अवसर दिनु पर्छ । आफु राजनीतिक दलमा भोट हाल्दै ३५ बर्ष पुग्यो । तर अब दलीय शासनलाई त्यागेर युवा रोज्नु पर्छ ।

[sidebar name="button post"]