‘अब देश विदेशमा नेपाललाई चिनाउने अशोक खड्कालाई जिताउनुपर्छ’

(आउँदो मंसिर ४ गतेको चुनावका लागि उम्मेद्वारको प्रचारप्रसार र मतदाताको दृष्टिकोण बाहिर आउन थालेको छ । काठमाडौँ क्षेत्र नं. २ मा पनि चुनावको चहलपहल बढेकै छ । हामी यसपटकको प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वारहरुसँगै मतदाताको चाहना कस्तो छ भनेर उनीहरुका विचार क्रमशः सार्वजनिक गरिरहेका छौँ । यसक्रममा तेक्वान्दो संघ बागमती प्रदेश र अभिभावक संघ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीको विचार प्रस्तुत गरेका छौँ । कागेश्वरीखबर डटकममा अरु उम्मेद्वार र मतदाताको पनि विचार क्रमशः प्रकाशित हुनेछ – सम्पादक)

काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष, अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री अशोक खड्काले अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम परिचित गराइसक्नु भएको छ।

एसियाली छनोट प्रक्रियामा उहाँले आफ्नो क्षमता देखाउनु भएको छ । ओलम्पिक गेममा पनि आफ्नो क्षमता देखाउनु भएको छ । यो अर्थमा हाम्रो भनाइ चाहिँ के हो भने अहिले जति पनि पार्टीका उम्मेदवारले आफ्नो उम्मेदवारी दिइरहेका छन् ।६० वर्ष ७० वर्ष र ८० वर्षको उम्मेदवार पनि चुनाव लड्दै छन् । देश कहाँबाट कहाँ पुगिसकेको छ । युवाले चलाउने बेला बुढा नेताले ठाउँ नछोडे युवाहरूलाई काम गर्न नदिने यो प्रवृत्ति चिर्दै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले युवाहरूको क्षमता देखाइसकेका छन् ।

युवाले चाहेमा धेरै विकास र परिवर्तन गर्न सकिने रहेछ भन्ने छोटो समयमा बालेनले जसरी काम गरेर देखाए । यो एउटा उदाहरण हो । एउटा अर्को के पनि चाहेको छौँ भने खेल क्षेत्रलाई बुझेको, खेलको विधानलाई कसरी अघि बढाउने, खेलको महत्त्व न देशका नेताले बुझे र आम जनताले बुझे ।

दुई कोरिया लडाइँमा होमिएका बेला खेलको माध्यमबाट एक भए । कुनै बेला दुई वटा जर्मन थियो । एक बनाउने काम चाही खेल र खेलाडीले गरे । खेलसँग भएको शक्ति कसैले पनि बुझेन । त्यस कारण आम युवाहरूलाई के आह्वान गर्छु भने अहिलेको समय भनेको युवाको हो ।

यो उमेर काटिसकेका बुढाले देशको मुहार फेर्ने सक्छन् भने अवस्थामा छैन । यत्रो वर्ष देशलाई आफ्नो हातमा नचाएर बसे । अबको समय युवाको काँधमा नेतृत्व जानु पर्‍यो ।

मैले अशोकजी लाई कसरी चिन्छु भने हिजोको दिन उहाँ तेक्वान्दो खेलाडी आफ्नो स्वास्थ्य नै असुरक्षित हुँदा पनि देशलाई स्वर्ण जिताएको मान्छे हो । जीवनमा धेरै ठुला प्रहार हुँदा खेरि पनि उहाँ खेल जीवनबाट कहिल्यै पनि पछि हट्नु भएन ।

खेल सँगसँगै उहाँले सामाजिक कामलाई नि अँगालेर जानु भो । चाहे कोरोनाको बेला होस् भूकम्पको बेला । उहाँ सधैँ सामाजिक कार्यमा लागिरहेका हुन्छन् ।

अहिले उहाँले काठमाडौं क्षेत्र २ (ख)बाट उम्मेदवारी दिनु भएको छ । हामी त्यसै पनि उहाँको साथमा छौँ । हामीले गर्ने सहयोग साथ सपोर्ट गर्ने छौँ । आम युवा र यस क्षेत्रका जनतालाई के भन्न चाहन्छु भने उहाँले हिजोको दिनमा के गर्नु भो त्यो देख्नु भएको छ । अब पनि त्यो व्यक्तिले के काम गर्छ भने आशा राख्नु भएको छ । उहाँबाट के खोज्नु भएको छ । के चाहनुहुन्छ । त्यो हैसियत राख्ने र पूरा गर्ने व्यक्ति अशोक खड्का हुन् ।

उहाँलाई प्रदेश संघ, जिल्ला संघ र तेक्वान्दो संघले सहयोग गर्ने छ । तर भोट हाल्न चाही यहीँ क्षेत्रका जनताको आवश्यकता हुन्छ । हामी उहाँलाई सहयोग गर्छौ । तपाई अब भोट हालेर जिताउन आग्रह गर्छौँ । अशोक खड्का जस्तो होनहार युवा, देशको नाम चिनाउने युवा, अन्तर्राष्ट्रिय जगतमा तेक्वान्दो खेलेर र रेफ्री काम गरेर देशको नाम बनाउने युवालाई जिताएर हामीले प्रदेशसभामा पठाउन सक्यौँ भने उहाँले काठमाडौँ क्षेत्र नं. २ का जनताका लागि धेरै गर्न सक्नुहुन्छ ।

यस पटक उहाँलाई जिताउन म मनैदेखि आग्रह गर्न चाहन्छु ।

[sidebar name="button post"]